काठमाडौं । नेपाल बार एसोसिएसनले आफूहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका छन्।
सोमबार बिहान प्रधानन्यायाधीशले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए। सो जवाफ दिँदै नेपाल एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई यस्तो जवाफ दिएका हुन्। उनले भने, ‘हामी वार्तामा बस्दैनौँ, तत्काल प्रधानन्यायाधीले राजीनामा दिनुपर्छ।’
जबराले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए।
लामो समयदेखि न्यायालय आन्दोलनमा जाँदा लोकतन्त्र नै धरापमा पर्ने भन्दै प्रधानन्यायाधीश राणाले वार्ताका लागि आह्वान गरेका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गत कार्तिक १४ गतेदेखि कानुनव्यवसायीहरु आन्दोलनरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया