ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास

RSS
0
Shares

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गरेकी छिन् । आज बिहान उनले मन्दिर पुनर्निर्माणको आरम्भ गरेकी हुन् ।

तीनै तहको सरकारको मदतले मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, ‘स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मदतमा तोकिएको समयमै पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ ।’

मन्दिर गोर्खा भूकम्पले भत्काएको थियो । करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भने, ‘जीवन संस्कृतिसँग जोडिएको छ, पुनर्निर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।’

कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उनले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्याउने बताए ।

मन्त्री भुसालले भनिन्, ‘ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।’

पुनर्निर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन अपिल गरे । सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताए ।

मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले ४ करोड रुपैयाँमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । उनका अनुसार मन्दिर पुनर्निर्माण गत भदौ ३ गतेदेखि नै चालू रहे पनि आज औपचारिक रुपमा सुरु गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?