कञ्चनपुर । भारतीय नम्बरको गाडीबाट प्रहरीले आधा किलो सुन बरामद गरेको छ ।
महेन्द्रनगरस्थित गड्डाचौकी नाका भएर काठमाडौंबाट भारतको हरियाणा राज्यतर्फ जाँदै गरेको एच आर १२ ए एफ ०६६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा आधा किलो सुन फेला परेको हो ।
सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक (डिआईजी) शरद चन्दका अनुसार सो गाडीमा सवार हरियाणाका जितेन्द्र शैनीले उक्त सुन आफ्नो भएको बताएका छन् । उनले काठमाडौंबाट सुन खरिद गरेर भारत जाँदै गरेको बताएको डिआईजी चन्दले जानकारी दिए ।
त्यस्तै गत वैशाख ३१ गते महेन्द्रनगरस्थित गड्डाचौकी नाका भएर सो गाडी नेपाल भित्रिएको भन्सार कार्यालयको रेकर्डमा छ ।
काठमाडौंबाट खरिद गरि भारतको हरियाणा लैजादै गरेको अवस्थामा फेला परेको उक्त सुन अवैध हो कि होइन भन्ने खुल्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया