गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार शुभारम्भ

लोकपथ
91
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र सहारा विकास बैंक लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । प्राप्ति (एक्विजिशन) पश्चात यी दुई बैंकले हिजो (आइतबार)बाट एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

काठमाडौंको लाजिम्पाटस्थित केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकमा सर्लाहीको मलंगवा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको हो ।

प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ पुग्नेछ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं. २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टरसहित १११ वटा शाखा कार्यालय हुनेछ।

प्राप्ति प्रश्चात बैँकले सेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।

आइतबार सर्लाहीको मलंगवामा आयोजित एकिकृत कारोबार शुभारम्भ समारोह प्रदेश २ महिला बालबालिका एवं युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहबाट समुद्धघाटन भएको थियो । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए, भने संचालक डा. आनन्द प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

साविक सहारा विकास बैंक लिमिटेडका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण सेयरधनी, कर्मचारी तथा सरोकारवालालगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?