‘सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउँछ’

लोकपथ
78
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी छिन् ।

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताएकी हुन् । उनले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताइन् । मन्त्री भुसालले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताए ।

मन्त्री भुसालले भने, ‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ । पहिचान भनेको संस्कृति हो, ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, गत भूकम्पले हाम्रा धेरै सम्पदाहरु ध्वस्त भएका थिए, यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरबार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिरलगायतका धेरै पुनर्संरचना भए, बुङमती, रातो मच्छिन्द्रनाथको पुनर्निर्माण हुँदै छ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदै छ, याे हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावी सन्ततीलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ, भक्तालु, श्रद्धालु र सम्पदा प्रेमीहरुको सम्पन्न हुनेछ, यो ललितपुरवासी र नेपालीहरुको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’

मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?