काठमाडौं । पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले हाइकोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका हुन् ।
‘श्रीमानहरू जो यहाँभित्र हुनुहुन्छ, तपाईँहरु हाइकोर्टका सबै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्न भने तपाईँहरु जागिरे बन्नुहुन्छ, न्यायाधीश बन्नुहुन्न’, संग्रौलाले भने ।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मर्यादामा आरोप लागेका कारण कुर्सी खाली गरिदिन आग्रह गरेका थिए । संग्रौलाले राजीनामा नदिए भोलिको अवस्था कल्पना गर्न नसक्ने चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया