स्पेनको विश्वकपमा स्थान पक्का

लोकपथ
195
Shares

काठमाडौं । जितसँगै स्पेनले फिफा विश्वकपमा स्थान पक्का गरेको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति स्विडेनलाई १-० गोलले पराजित गर्दै स्पेन विश्वकपमा छनोट भएको हो ।

स्पेनको जितमा अल्भारो मोराटाले निर्णायक गोल गरे । घरेलु मैदानमा मोराटाले खेलको ८६ औं मिनेटमागोल गरेका थिए ।

Image

यससँगै स्पेन लगातार १२ औं पटक विश्वकपमा छनोट भएको हो । स्विडेनको विश्वकपमा छनोट हुने सम्भावना कायम रहेको छ ।

यस जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ ।

स्विडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?