काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एसोसिएसनलाई संवादका लागि बोलाएका छन् ।
लामो समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको बारलाई आज एक पत्र लेख्दै संवादका लागि बोलाएका हुन् ।
उनले न्यायालयमा देखिएका पछिल्ला घटनाक्रमको कारण न्यायालय माथि विश्वास घटेको जसको कारण लोकतन्त्रको आधार समेत कमजोर भएको उनको ठहर रहेको को उनको ठहर रहेको छ ।
‘न्यायालयमा देखिएका पछिल्ला घटनाक्रमले न्यायालको पवित्रताले न्यायापालिकाको पवित्रता, गरिमा एवं न्यायिक सर्वोच्चतटाको हाम्रो महान विरासततामाथि प्रश्न उठेको छ । त्यसका सम्भावित दुरगामी प्रभावको कल्पना मात्रले पनि हाम्रो हृदय कम्पित हुनुपर्दछ । यसले न्यायालयका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ । अर्कोतर्फ, हामीले बिर्सनै नहुने पक्ष के छ भने हाम्रो संविधानको न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकको रुपमा रेखांकित गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया