विश्वकप छनोट : अन्तिम खेलमा जर्मनीको शानदार जित

लोकपथ
546
Shares

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मनीले शानदार जित हात पारेको छ ।युरोपियन छनोट अन्तर्गत आइतबार राति जर्मनीले अर्मेनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै काइ हार्भटेज र जोनास होफम्यानले समान एक एक गोल गरे ।

अर्मेनियाका हेनरिक मिखीटेरीयानले एक गोल फर्काए पनि खेलमा फर्कन भने सकेनन् ।

जितसँगै समूह जे को जर्मनीले १० खेलमा २७ अंक जोडेको छ । जर्मनी यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।

अर्मेनिया १२ अंक जोडेर चौंथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?