ओखलढुंगामा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, गम्भीर घाइते ४ जनालाई काठमाडौं ल्याइयो

लोकपथ
182
Shares

काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा बोलेरो जीप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

‘३ जनाको घटनास्थलमै मृत्यु भएको हो र एक जनालाई उपाचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भयो । ४ जना गम्भीर घाइतेलाई मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी गोविन्द काफ्लेले लोकपथलाई बताए ।

अरु घाइतेहरु सामान्य रहेका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?