पोर्चुगललाई पराजित गर्दै सर्बिया विश्वकपमा छनोट

लोकपथ
336
Shares

काठमाडौं । जितसँगै सर्बियाले कतारमा आयोजना हुने फिफा विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति पोर्चुगललाई २-१ गोलले पराजित गर्दै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

पोर्चुगलको सुरुआती अग्रतालाई उल्टाउदै सर्बियाले जित हात पारेको हो । खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को जित दिलाए ।

Image

जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ ।  सर्बिया शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो ।

पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पोर्चुगलको विश्वकपमा छनोट हुने सम्भावना अझै कायम रहेको छ ।

अब पोर्चुगलले प्ले अफ खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?