काठमाडौं । सुरक्षाकर्मीको घेरा तोडेर कानुन व्यवसायीहरु सर्वोच्च अदालतको मूल गेटमा पुगेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रवेशमा निरन्तर अवरोध खडा गरिरहेका अधिवक्ताहरुलाई मूल गेटमा आउन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर सुरक्षाकर्मीको घेरालाई तोड्दै अधिवक्ताहरु सर्वोच्च प्रवेश गरेका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विगत २ हप्ताभन्दा बढी समयदेखि अधिवक्ताहरुले आन्दोलन गरिरहेका छन् । गत शुक्रबारबाट भने नेपाल बार एसोसियसनको अगुवाइमा प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटबाट प्रवेशमा अवरोध पुर्याइरहेका छन् ।
यता प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने वैकल्पिक बाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया