बाल सुधारगृहको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

लोकपथ
56
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् ।

बाल सुधारगृह भक्तपुरको आइतवार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिईन् । “खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उनले भनिन् ।

उनले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गरीन् ।
पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?