एजेन्सी : पुरातत्वविद्हरूले साउदी अरबमा ८५ हजार वर्ष पुरानो मानव पदछाप(फुटप्रिन्ट) फेला पारेका छन् । यो मानव पदछापबाट त्यतिखेर मानिसहरूको आप्रवासनबारे भएका अध्ययनलाई थप सुदृढ पार्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।
साउदी अरबको उत्तरपश्चिम क्षेत्रमा पर्ने तबुक शहरमा यो मानव पदछाप फेला परेको हो । साउदी अरबको सांस्कृतिक तथा सूचना मन्त्रालयले पदछापबारे जानकारी दिँदै एक विज्ञप्ति सार्वजनिक गरेको छ ।
मन्त्रालयले प्राप्त पदछापले मानवहरू विभिन्न दिशामा गएको र त्यहाँ प्राचीन ताल थियो भन्ने दर्शाएको उल्लेख गरेको छ । अध्ययनमा क्रियाशील पुरातत्वविद्हरूको टोलीले यसबारे अथ अध्ययन गरी अध्ययन पत्र सार्वजनिक गर्न बाँकी रहेको छ ।
मानव पदछाप फेला परेको यो पहिलो पटक होइन् । मार्चमा १३ हजार वर्ष पुरानो पदछाप क्यानाडाको सामुद्रिक किनारमा फेला परेको थियो । पुरातत्वविद्हरूले २सय ताल क्षेत्रको अध्ययन गरेका छन् । ८० प्रतिशतमा पुरातात्विक वस्तु फेला परेको छ ।केहीबाट ढुङ्गे उपकरणहरू प्राप्त भएका छन् ।
प्राचीन मानव आप्रवासनसम्बन्धी अध्ययनका लागि साउदी अरबका महत्वपूर्ण बन्दै गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया