एक हप्तामा गण्डकीमा २६१ जना सङ्क्रमणमुक्त

लोकपथ
130
Shares

कास्की । गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा ३१ जना सङ्क्रमित थपिएका छन् भने बाग्लुङ–९ का ५३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या ३०१ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?