एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि टुंगो लगायो

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेले १०औँ महाधिवेशनका लागि हालसम्म ५८ जिल्लामा महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ ।

कतिपय जिल्लामा सहमतीका आधारमा प्रतिनिधि छनोट भएका छन्, भने केही जिल्लामा निर्वाचनमार्फतमा प्रतिनिधि छनोट गरिएको स्रोतले जनाएको छ ।

उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको बताइएको छ । ती नेताका अनुसार भोलीसम्म सबै जिल्लाका प्रतिनिधिहरुको टुंगो लाग्नेछ ।

हालसम्म प्रदेश १ को १४ वटा जिल्लामध्ये १२ वटा जिल्लामा महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ । जसअनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर रहेका छन् । प्रदेश २ मा भने हालसम्म कुनै जिल्लामा प्रतिनिधिको टुंगो लागेको छैन ।

बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधिको टुंगो लाएको छ ।

यस्तै गण्डकी प्रदेशमा गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङमा महाधिवेशन प्रतिनिधि चुनेको छ ।
लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया, कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत र सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा पनि प्रतिनिधिको टुंगो लगाएको छ ।

एमालेको दशौँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?