सिञ्जा सभ्यता विधेयकमाथि सुझाव संकलन गरिँदै

RSS
13
Shares

खलंगा । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव संकलन गरिने भएको छ । कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव संकलन गरिँदैछ ।

प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए । भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गराएका थिए । सो विधेयकलाई पूर्णता दिन आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

सुझाव संकलन कार्यक्रममा प्रदेशसभा संसदीय टोलीसहित सिञ्जा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले बताए । विधेयकमाथि सुझाव संकलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासंघ जुम्लालाई दिइएको छ । कनकासुन्दरी–४ लामाथाँडामा सुझाव संकलन कार्यक्रम सुरु हुने भएको छ । सिञ्जा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाव संकलन हुनेछ ।

नेपाली भाषाको उद्गमस्थल सिञ्जाको विरासतलाई जोगाउन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक कोसे ढुंगा साबित हुने पूर्वमन्त्री भण्डारीले बताए । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथि छलफल, सिञ्जा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउनसमेत विधेयकले महत्व भूमिका खेल्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?