हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
130
Shares

१. न्यायपालिका शुद्धीकरणका लागि करिब ३ सातादेखि आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी, आन्दोलनरत १९ न्यायाधीशले किन र केका लागि आन्दोलन गरिएको भन्ने श्वेतपत्रमार्फत स्पष्ट पार्ने

२. नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्री देउवाको आग्रह, भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने टिप्पणी

३. नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि व्यवस्थापन समिति गठन, सातै प्रदेशमा संयोजक तोकियो

४. आज पनि नेपाल बार एसोसियसनको अगुवाइमा सर्वोच्च अदालतको गेटमा आन्दोलन, प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन, करिब ५० जना पक्राउ

५. आज विश्व मधुमेह दिवस, ‘मधुमेह हेरचाहमा पहुँच– यदि अहिले हैन भने, कहिले ?’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइयो, नेपालमा मधुमेहका बिरामीको संख्या ४ लाख ४६ हजारभन्दा बढी रहेको अनुमान

६. आन्तरिक र बाह्य विमानस्थलमा ‘सटल बस’ सेवा सञ्चालन गर्ने पर्यटन मन्त्री आलेको प्रतिबद्धता, यात्रुहरूले विमानको भन्दा ट्याक्सीको भाडा धेरै भएको गुनासो गरेपछि ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने

७. एनआरएनएलाई कुनै पनि दलको भ्रातृ संगठन बनाउन नहुने राष्ट्रिसभा अध्यक्ष तिमिल्सिनाको भनाइ, एनआरएनएलाई विदेशमा रहेका नेपालीको साझा थलोका रूपमा स्थापित गर्नुपर्नेमा जोड

८. समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा अध्ययन गर्न कर्मचारीहरूलाई अर्थमन्त्री शर्माको निर्देशन, ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड

९. घरायसी प्रयोजनमा विद्युतीय सामानको प्रयोग बढाउन ऊर्जामन्त्री भुसालको आग्रह, विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतको खपत बढाउनुपर्नेमा जोड

१०. पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६०६ परीक्षणमा थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ४८ संक्रमणमुक्त, ६ जनाको मृत्यु

११.. सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम भने ४ अर्बमै खुम्चियो, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण

१२ इक्वेडरको एक कारगारमा दुई समूहबीच झडप : झडपमा परी ६८ जनाको मृत्यु, २५ जना घाइते

१३. यमनमा भएको हवाई आक्रमण परी १ सय ८६ हुथी विद्रोही मारिए, हवाई आक्रमणमा हालसम्म तीन हजारभन्दा बढी विद्रोहीका मृत्यु भएको यमन सरकारको दाबी

१४. धनगढीले चुम्यो उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि, ललितपुर महानगरपालिका ३–१ गोल अन्तरले पराजित

१५. र, नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान, रुबिना क्षेत्रीको कप्तानीमा नेपाली महिला टोलीले कतारसँग तीन टी ट्वान्टी सिरिज खेल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?