काठमाडौं । वायुसेवा सञ्चालकले हवाई भाडादर बढाएको छ । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले परिमार्जित मूल्यलाई स्वीकृति दिएसँगै आइतबारबाट बढेको हवाई भाडादर कायम भएको छ । वायुसेवा संचालक संघका अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँले बढेको छ । काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।
त्यसैगरी, पोखरा-विराटनगर रुटको प्रतिटिकट १८० रुपैयाँ, काठमाडौंबाट जुम्ला १७० रुपैयाँ, काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको संघले जनाएको छ ।
सरकारले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया