बाजुरा । बुढिनन्दा नगरपालिका-२ कोल्टी बस्ने ४१ वर्षीया जान देबी खत्री रेग्मीको सोही नगरपालिकास्थित दाङसाङ भीरबाट लडेर आइतबार बिहान मृत्यु भएको छ ।
दाङसाङस्थित खेतबाट घर फर्कने क्रममा उक्त भीरबाट करिब १ सय ५० मिटर तल खसेर उनको घटनास्थमै मृत्यु भएको हो ।
उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया