१६ मङ्सिर २०८०, शनिवार

निर्वाचनको तयारी तिव्र, कुनै अप्रिय निर्णय नगर्न सरकारसँग प्रमुख आयुक्तको आग्रह

२०७४,आश्विन,२४,मंगलवार १२:०२

0
Shares

काठमाडौं, २४ असोज ।निर्वाचन आयोगले यही मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि आजदेखि ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’ सम्बन्धी दुई दिने प्रशिक्षण सुरु गरेको छ ।काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारीलाई आयोगले तीव्र बनाएको जानकारी दिए । यादबले निर्वाचनको अन्तिम घडिमा कुनैपनि अप्रिय निर्णय नगर्न सरकारसँग आग्रह गरे ।प्रमुख आयुक्त डा. यादवले भने, ‘‘कानून, नियम र निर्देशिकालाई अन्तिमरुप दिइसकिएको छ, विगतमा निकै अस्थिर राजनीतिक र अविश्वासको अवस्थामा पनि ऐतिहासिक रेकर्ड कायम गर्ने गरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, सबैको सहयोगबाट यो सम्भव भएको हो, अहिले पनि यो अन्तिम अवस्थामा कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् ।’’प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन एवं चुनौतिपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै प्रमुख आयुक्त डा. यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई वेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिए । निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिए ।प्रशिक्षण दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३