कांग्रेस बैठक : महाधिवेशन व्यवस्थापन कमिटी गठन गर्ने तयारी, यी हुन् सातै प्रदेशमा प्रस्तावित नाम

लोकपथ
364
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४ औँ महाधिवेशन व्यवस्थापनका लागि कमिटी बनाउने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कमिटी बैठकमा सात वटै प्रदेशमा महाधिवेशन व्यवस्थित गर्न संयोजक तोक्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

केन्द्रीय कमिटी बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सुरेन्द्र पाण्डेको संयोजकत्वमा सातै प्रदेशमा संयोजकको नाम समेत टुंग्याएको छ । स्रोतका अनुसार उनीहरुको नाम केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

कसलाई कुन प्रदेशको जिम्मेवारी ? 

प्रदेश १ : कृष्णप्रसाद सिटौला

प्रदेश २ : रमेश रिजाल

बागमती : प्रकाशमान सिंह

गण्डकी : गोपालमान श्रेष्ठ

लुम्बिनी : बालकृष्ण खाण

कर्णाली : जीवनबहादुर शाही

सुदुरपश्चिम : दिलेन्द्रप्रसाद बडु

त्यस्तै बैठकमा नीति र नेतृत्व महाधिवेशन फरक फरक समयमा गर्ने विषयमा समेत छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?