काठमाडौं र दार्चुलामा गरी २ जना मृत अवस्थामा फेला

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौं र दार्चुलामा गरी २ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर डेरा गरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४२ वर्षीय दिपक खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी दार्चुला, महाकाली नगरपालिका-८ जामिरपानी बस्ने ६० वर्षीय जोगी चुनारा सोही ठाउँस्थित भगवती मन्दिर नजिकैको गहुँ बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?