काठमाडौं । नेकपा एमालेलाई आगामी १० औँ महाधिवेशनमा जुटेको छ ।
हालसम्म एमालेले १० औँ महाधिवेशनका लागि ४१ जिल्लाको प्रतिनिधि टुंग्याएको छ ।
आइतबार (आज) ३ बजेसम्म एमालेले ४१ जिल्लाको प्रतिनिधि टुंग्याएको एक नेताले जानकारी दिए ।
कतिपय जिल्लामा सहमतीका आधारमा प्रतिनिधि छनोट भएका छन् । भने केही जिल्लामा निर्वाचन मार्फतमा प्रतिनिधि छनोट भएको हो ।
उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको बताइएको छ । ती नेताका अनुसार सोमबार (भोली) सम्म सबै जिल्लाका प्रतिनिधिहरुको टुंगो लाग्नेछ ।
एमालेको दशौँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । जसका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया