काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उच्च रक्तचापका कारण शनिबार प्रचण्ड ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । आज स्वास्थ्यमा सुधार भएसँगै स्वास्थ्यकर्मीको सल्लाहअनुसार डिस्चार्ज भएका हुन् ।
विगत केही दिन यता पश्चिम नेपालका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाएका थिए । सोही क्रममा धपेडी बढेपछि शनिबार अस्पताल भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया