कैदीको शंकास्पद मृत्यु प्रकरण : नख्खु जेलको जरा खोतल्दै प्रहरी, ‘सिरियल किलर’सँग पनि बयान

काठमाडौँ-  करणी र कर्तव्यज्यान मुद्दामा नख्खु जेलमा कैद सजाय भोगिरहेका भक्तबहादुर सुनुवारको शंकास्पद मृत्यु र जेलभित्रको बेथितिबारे अनुसन्धान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले झन्डै ३० जनासँग बयान लिएको छ ।

शंकास्पद मृत्यु र जेलभित्रको बेथिति सार्वजनिक भएलगत्तै गृहले छानबिन समिति बनाएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरले पनि अलग्गै समिति बनाएर यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार गृहले गठन गरेको समितिले अहिलेसम्म मृतकसँगै सुत्ने कैदी, नजिकको संगतमा रहेकाहरू, चौकीदार, जेलर, सुरक्षा प्रमुख र सिरियल किलरका रूपमा चिनिने कैदी अभिषेकराज सिंहलगायतसँग बयान लिएको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?