सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम पनि ४ अर्बमा खुम्चियो

लोकपथ
390
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो साता निरन्तर घटेको बजारमा यस साताको पहिलो कारोबार आज दिन पनि झिनो गिरावट देखिएको हो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर २६८८ दशमलव ९२ बिन्दुमा पुगेको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेर ५०२ दशमलव ४४ बिन्दुमा पुगेको छ ।

आज कुल २३० कम्पनीको ७४ करोड ३४ लाख ५३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

१३ उपसमूहमा ७ वटा समुहको सेयर मूल्य बढेको छ । बाँकी ६ वटा समूहको सेयर मूल्य भने घटेको छ ।

आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ११ हजार ८२५ रुपैयाँ पुगेको छ । यता एचआईडीसियलको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ३१५ पुगेको छ ।

त्यसैगरी, मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, महालक्ष्मी विकास बैंकलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा साहस ऊर्जा, नयाँ सारथी लघुवित्त, समिट लघुवितलगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?