काठमाडौँ- भारतको जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो ।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु¥याउनुभएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो ।
अभिनन्दन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउन चाहेको बताए ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाउदै ओलीले सबै धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्ने बताए ।
गुटगत स्वार्थभन्दा माथि उठेर गरिबी र अभाव अन्त्य गर्ने आफ्नो धर्म रहेको सुनाउदै प्रधानमन्त्री ओलीले समय मिलाएर गोवद्र्धन मठको भ्रमण गर्ने प्रतिबद्धता पनि जनाए ।
शंकराचार्य निश्चलानन्द सरस्वतीले काठमाडौँ नेपालको भौगोलिक राजधानी मात्र नभई धार्मिक राजधानी पनि भएको बताए ।
तस्बिर : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया