रानी मुखर्जीको खुलासा : शाहरुख र आमिरसँग थियो क्रस, रोमान्टिक सिन गर्न हुन्थ्यो गाह्राे

लोकपथ
3.2k
Shares

काठमाडौं । बलिउड अभिनेत्री रानी मुखर्जीले आमिर खान र शाहरुख खानसँगको रोमान्टिक दृश्यबारे नयाँ खुलासा गरेकी छन् । ‘कयामत से कयामत तक’ र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ हेरेपछि शाहरुख र आमिरसँग रोमान्टिक दृष्य छायांकन गर्न नर्भस भएको उनी बताउँछिन् ।

रानी मुखर्जी

रानी मुखर्जीले कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’मा यो खुलासा गरेकी हुन् । कमेडी शोका होस्ट कपिल शर्माले रानी मुखर्जीलाई सोध्छन् कुनै अभिनेतासँग सट दिन नर्भस हुनुभएको छ ? यसबारे रानी मुखर्जीले बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनसँग सुटिङ गर्न अलि डराएको बताइन् ।

रानी मुखर्जी

रानी मुखर्जीले ‘गुलाम और कुछ कुछ होता है’ फिल्ममा आमिर खान र शाहरुख खानसँगको रोमान्टिक दृश्य खिच्दा आफू नर्भस भएको खुलासा गरेकी हुन् ।

रानी मुखर्जीले भनिन्, ‘त्यतिबेला म आफै १६–१७ वर्षकी थिएँ र आमिर र शाहरुख खानलाई ठूलो पर्दामा देख्थे । रानीले यी दुवै कलाकारको फिल्म हेरेपछि आफूलाई उनीहरुप्रति क्रस भएको पनि बताइन् ।

Couldn't look into Aamir Khan's eyes, feared falling in love: Rani Mukerji | Bollywood - Hindustan Times

रानी मुखर्जीले गुलाम फिल्मको रोमान्टिक दृश्यको सुटिङका ​​क्रममा आमिरको जुत्ताको हेरिरहिन् । उनले भनिन्, ‘मलाई डर थियो कि यदि मैले आमिरको आँखामा हेरेँ भने प्रेम होला । आमिरले रानीलाई क्यामरा सुरु हुनुअघि नै सlनका लागि सहज हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?