मुस्ताङमा हिमपहिरो

लोकपथ
175
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । आइतबार मुस्ताङमा हिमपहिरो गएको छ ।

आज बिहान ११ः४० बजेको समयमा मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो गएको हो।

धौलागिरि हिमालको रेन्जबाट हिमपहिरो गएको बताइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दिएको जानकारीअनुसार हिमपहिरोको कारण भागदौडमा पर्दा लडेर केही मानिस घाइते छन् । भागदौडमा परि घाइते भएकाहरुको उपचारका लागि जोमसोम पठाउने तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?