यसरी सुरु भएको थियो रणवीर सिंह र दीपिकाको लभस्टोरी, यस्ता छन् किस्साहरु

लोकपथ
1.9k
Shares

काठमाडौं । रणवीर सिंह र दीपिका पादुकोणको विवाहको आज तीन वर्ष पूरा भएको छ । उनीहरु दुवैले सन् २०१८ नोभेम्बर १४ मा इटालीमा विवाह गरेका थिए । इटालीको लेक कोमोमा रहेको ७०० वर्ष पुरानो भिल्ला डेल बालब्यानेलोमा कोंकणी र त्यसपछि सिन्धी रीति-रिवाजअनुसार उनीहरुको विवाह भएको थियो ।

रणवीर सिंह र दीपिका पादुकोण

धेरै सुपरहिट फिल्ममा काम गरिसकेका रणवीर–दीपिकाको प्रेम कहानी निकै रोचक छ । फिल्म रामलीलापछि मात्रै दीपिका र रणवीर एकअर्काको नजिक आएका थिए तर उनीहरुको प्रेमकथा फिल्मको सुटिङअघि नै सुरु भएको थियो ।

दुवैको भेट निर्देशक सञ्जय लीला भन्सालीको घरमा भएको थियो । त्यहाँ दुवैले सँगै खाना खाएका थिए । यस क्रममा दीपिकाको दाँतमा खाना अड्कियो । यो देखेर रणवीरले दीपिकालाई दाँतमा केही अड्किएको संकेत गरे ।

त्यसपछि दीपिकाले स्नेहपूर्वक रणवीरलाई भनिन्, ‘तिमीले यसलाई हटाउनु पर्छ । त्यहीँ दुवैको मन साटियो । आज पनि रणवीर सिंह र दीपिका पादुकोण त्यो भेटलाई आफ्नो पहिलो डेट मान्छन् ।

दीपिका पादुकोण-रणवीर सिंह

रामलीलाको सुटिङका ​​क्रममा दुवै एकअर्कामा हराएका रणवीर सिंह र दीपिका पादुकोणको धेरै लभ मेकिङ दृश्यहरू थिए। भनिन्छ, केही दृश्यहरू गर्दा दुवै यति हराएका थिए कि निर्देशकले कट बोल्दा पनि रोकिएनन् ।

रणवीर सिंह-दीपिका पादुकोण

चुम्बन दृश्य देखेर सबै छक्क : 

यस फिल्मको ‘अङ लगा दे रे’ गीतको सुटिङका ​​क्रममा दुवैजनाएक अर्कामा लिप्त भएका बताइएको छ । यस गीतमा चुम्बन दृश्य निकै भावुक ढंगले गरिएको थियो । यो फिल्मपछि दुवैको प्रेम कहानी सुरु भएको थियो ।

रणवीर, दीपिका

रामलीलापछि दीपिका र रणवीरले धेरै फिल्मसँगै गरेका छन् फाइन्डिङ फ्यानी, बाजीराव-मस्तानी र पद्मावतमा सँगै काम गरेका छन्। यसबाहेक दुवैको जोडी फिल्म ‘८३’ मा पनि देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?