२ माघ २०७८, आईतवार

आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

२०७८,कार्तिक,२८,आईतवार १३:४६

108
Shares

गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तंग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’ भन्ने प्रश्न गरियो ।

खत्रीको जवाफ आयो–‘को बोल्नुभयो हजुर ?’ ‘म रामजीप्रसाद बराल बोलेको हो तपाईले ठडाउनुभएको पुलको पिल्लरमाथि उभिएर तपाईलाई फोन गरेको छु, भन्नुहोस् ठ्याक्कै कहिले काममा आउनुहुन्छ, मलाई परिणाम चाहिन्छ, काममा ठिला सुस्ती भयो ।’

एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि खत्रीले मंसिरबाट काममा आउछु हजुर भनेर फोन राखे । निर्माण व्यवसायी खत्रीलाई गत जेठदेखि ठप्प रहेको काठेखोलाको लामाबगरबाट फोन गर्ने व्यक्ति थिए गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री बराल ।

उक्त पुल २०७६ फागुन ६ गते गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । अठार महिनामा सक्नुपर्ने पुलको जम्मा ५० प्रतिशमात्रै काम सम्पन्न भएको गुनासोपछि मन्त्री बराल आयोजनास्थलमै पुगेर ठेकेदारलाई ताकेता गरेका हुन् ।

‘आफै फिल्डमा पुगेर ताकेता गर्दा सकरात्मक प्रभाव पर्ला, कार्यालय प्रमुखलाई त ठेकेदारले ल ल मात्रै भन्छन्’ उनले भने, ‘ठेकदारले काम नगर्ने परिपाटीलाई अन्त्य गर्न आवश्यक छ, म गण्डकी प्रदेशभरका जिल्ला जिल्लामा स्थलगत निरीक्षणपछि निर्माणलाई गति दिने गरी अगाडि बढ्छु ।’

आठ मिटर चौडाइ र ३० मिटर लम्बाइ रहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते उक्त कम्पनीले निर्माणको जिम्मा लिएको थियो । सिंगल स्पान मोडेलमा निर्माण हुन लागेको पुल तीन करोड ३१ लाख ६३ हजार ६७९ रुपैयाँमा निर्माण गरी संझौता भएको थियो ।

शिलान्यसका समयमा सम्झौता मितिभन्दा अगावै पुलःनिर्माण गरी सक्ने प्रतिबद्धता जनाएको उक्त कम्पनीले विभिन्न बाहना देखाउँदै निर्माणमा ढिलाइ गर्दै आएको छ । मन्त्री बरालले बागलुङ बसाइँका क्रममा दुई मोटरेवल पुल र दुई सडकको स्थलगत अनुगमनका लागि बागलुङस्थित पूर्वाधार कार्यालयको प्राविधिकसहित आयोजनास्थलमै पुगेका थिए ।

उक्त कार्यालयका प्रमुख गणेश सुवेदीले लामाबगर पुल निर्माणका लागि २०७८ चैतसम्म ठेक्का म्याद थपेर निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह गरिएको बताए। उनका अनुसार पुलका दुई पिल्लर ठडाएको र अब पुल ढलानका लागि आवश्यक कच्चा सामग्रीसमेत जोहो भइसकेको छ ।

मन्त्री बरालले उक्त पुलसहित बागलुङको गलकोट नगरपालिकास्थित नरेठाँटी खोलामा निर्माणधीन मोटरेबल पुल, हरिचौर ताराखोलाहुँदै म्याग्दीको निर्वाचन क्षेत्र नं १ स्थित सडक र रिजालचोकदेखि ताराखोला जोड्ने शहीद मार्ग निरीक्षण गरेका थिए ।

प्रकाशित मिति: २०७८,कार्तिक,२८,आईतवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका

कास्की । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रंगशालामा

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६