माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल कार्डलेस विथड्रल’

लोकपथ
130
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘एमबीएल कार्डलेस विथड्रल’ (MBL CARDLESS WITHDRAWAL)सेवा संचालनमा ल्याएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले MBL CARDLESS WITHDRAWAL सेवा संचालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गइ यस बैंकको ATM हरुबाट नगद झिक्न सक्नुहुनेछ।

बैंकले यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?