१७ चैत्र २०७९, शुक्रवार

अब कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्ति

२०७४,आश्विन,२४,मंगलवार ११:५१

0
Shares

काठमाडौं, २४ असोज ।एकीकृत अखिल नेपाल शिक्षक संगठनले कक्षामा नियमित उपस्थित नहुने, दलको झोला बोक्ने शिक्षकहरुलाई कार्बाही गर्नेसमेत निर्णय गरेको छ ।सो संगठनले जनवादी, वैज्ञानिक र प्राविधिक सीपयुक्त शिक्षाको विकासका लागि केन्द्रित हुने पनि बताएको छ । काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको बैठकले शैक्षिक पुनसंरचना, संगठन बिस्तार र शिक्षकहरुको पेशागत अधिकार प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको हो ।शिक्षकहरुको बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका नेता दिनानाथ शर्माले देशप्रति माया र सेवा गर्ने भावनाको शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । हामीले मिहिनेत गरेर उत्कृष्ट बनाएका विद्यार्थीहरु आज अमेरिका र युरोपको सेवा गरिरहेका छन् । उनले भने, ‘अब हाम्रा उत्कृष्ट विद्यार्थीहरुलाई दक्ष बनेर मुलुककै सेवा गर्ने भावनाको शिक्षा दिनुपर्छ ।’ शर्माले आफू शिक्षामन्त्री बनेको बेला पहिलो पटक १०० विद्यालयबाट प्राविधिक शिक्षा दिन शुरु गरेको र प्रत्येक वर्ष त्यति नै संख्या वृद्धि गर्दैै लग्ने निर्णय गरेको स्मरण गराए ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८