जब अमिताभ बच्चनले कपिल शर्मासँग मागे माफी (भिडियोसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । अमिताभ बच्चनको क्विजमा आधारित रियालिटी शो ‘कौन बनेगा करोडपति’ फ्यानमाझ निकै लोकप्रिय छ । यस शोको १३ औं सिजन आउँदैछ, जसमा हरेक शुक्रबार ‘कौन बनेगा करोडपतिको एक विशेष एपिसोड आउँछ।

यस क्रममा बलिउड सेलिब्रेटी अमिताभ बच्चनको अगाडि यो खेल खेलिरहेका देखिन्छन् । लोकप्रिय कमेडियन कपिल शर्मा र अभिनेता सोनु सूद यो हप्ता शोमा देखिएका थिए। शोमा कपिल शर्मा र सोनु सूदले अमिताभ बच्चनको प्रश्नको सामना गरेका थिए । तर खेलको बिचमा कपिल शर्माले आफ्नो फनी स्टाइलले सबैलाई हँसाएका थिए ।

केबीसी 13

शोका क्रममा कपिल शर्माले अमिताभ बच्चनले सबैको अगाडि माफी मागेको क्षणको बारेमा पनि बताए । कपिलले त्यो दिन आजसम्म नबिर्सेको बताए । शोको क्रममा भएको यो कुराकानीको प्रोमो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?