काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका हुन् ।
उनले १० वटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै इजालास पेसी तोकेका छैन ।
आज तोकिएको पेसीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।
सर्वोच्च अदालतमा उत्पन्न विवादका कारण यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन । यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया