प्रधानन्यायाधीशलाई अध्यक्ष श्रेष्ठको प्रश्न : ‘न्यायालय सुधार गर्छु भनेको खै ?’

लोकपथ
208
Shares

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायालय सुधार गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार (आज) नेपाल बारले आयोजना गरेको आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्यायालय सुधार गर्छु भनेको खै ? भन्दै राजीनामाले मात्रै नभइ सम्पत्ति समेत छानबिन गर्नुपर्ने बताए ।

‘चोलेन्द्रको राजीनामा मात्र होइन सम्पत्तिको पनि छनबिन हुन्छ । बिचौलिया छाड्नुस । न्यायलय सुधार्छु भनेको खै ?’, उनले भनेका छन् ।

त्यसैगरी सर्वोच्चमा प्रधानन्यायाधीश राणाको प्रवेशले न्यायालय थप भ्रष्ट भएको आरोप लगाए ।
न्यायालयभित्र किनबेचको काम चलेपछि आफूहरु आन्दोलनमा उत्रिएको समेत बताए ।

‘उहाँको प्रवेश भनेको न्यायलयलाई थप भ्रष्ट बनाउनु हो । न्यायलय न्यायको मन्दिर हो । तर किनबेच गरेपछि हामी आन्दोलनमा आएका हौँ, उहाँ आउने ठाउँ छैन’, उनले भनेका छन् ।

नेपाल बारको अगुवाइमा लामो समयदेखि सर्वोच्च अदालतमा आन्दोलन भइरहेको छ । यसैक्रममा शुक्रबार र आज वकिलहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै सर्वोच्चको मूल गेटमा धर्ना दिएका छन् । यद्यपि प्रधानन्यायाधीश राणा भने वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?