काठमाडौं । अमेरिका चिठ्ठा प्रक्रियाबाट अमेरिकाको भिसा दिन हरेक वर्ष खुलाउँदै आएको इडिभी (इलेक्ट्रोनिक डाइभरसिटी भिसा) को नतिजा सार्वजनिक भएको छ । गत वर्ष अनलाइनमार्फत फाराम भरेका उम्मदेवारले अनलाइनमै चेक गर्न पाउने व्यवस्था छ ।
अघिल्लो वर्ष नेपालका विभिन्न ठाउँबाट हजारौं हजारले इडिभी भरेका थिए । त्यसमध्ये भाग्यशाली केही मात्र डिभी परेर अमेरिका छिर्न पाउनेछन् । नेपाली समयअनुसार डिभीको नतिजा राति १० बजेपछि मात्र हेर्न सकिनेछ । अमेरिकाले त्यहाँको समयअनुसार मध्यान्हमा इडिभीको नतिजा सार्वजनिक गर्दैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी प्रक्रियालाई रोक्नुपर्ने भन्दै आइरहे पनि पारित हुन सकेको छैन । विश्वका केही देशलाई डिभी प्रक्रियाबाट अमेरिका लैजाने गरिएको छ, जसमध्ये नेपाल पनि पर्छ ।
इडिभीको नतिजा https://www.dvlottery.state.gov/ESC/(S(iwozxudpb5nm3pe5sd5f4iz4))/CheckStatus.aspx मा गएर हेर्न सक्नुहुनेछ । आफ्नो कन्फर्मेसन नम्बर, जन्म वर्ष र आफ्नो थर उपलब्ध गराएर आफैले डिभीको नतिजा हेर्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया