लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनस सेयर बढ्यो

लोकपथ
299
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश संशोधन गरिएको छ । बैंकलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले यसअघिको प्रस्तावित लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लाभांश संशोधन गरेको हो ।

बैंकको संशोधित लाभांश अनुसार बोनस सेयर १३ प्रतिशत र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत रहेको छ ।

यसअघि बैंकले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधन गरिएको लाभांशमा बोनस सेयर बढेको छ । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी चौधौ वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?