जितसँगै बेल्जियम विश्वकप फुटबलमा छनोट

लोकपथ
234
Shares

काठमाडौं । जित हात पारैसँगै बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलको ११ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमको अग्रता २-० को बनाएका थिए ।

खेलको ७० औं मिनेटमा इरिक सोर्गाले गोल गरेपनि इस्टोनियालाई खेलमा फर्काउन भने सकेकन् । खेलको ७४ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई ३-१ को जित दिलाए ।

यस जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो । समूह ई को बेल्जियमले ७ खेलमा १९ अंक जोडेको छ ।

अब बेल्जियमले छनोटको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । इस्टोनिया ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?