काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन आज पनि आन्दोलनलाई जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश राणाको बाटो नै छेकेर धर्ना दिएको बारले आज पनि सर्वोच्चको मुल गेटमा नै बाटो छेकेर धर्ना दिएको हो ।
बारेको अगुवाइमा भइरहेको धर्ना कार्यक्रममा प्रहरीले अदालतभित्रै हस्तक्षेप गरेको छ ।
बारले बिहान १० बजेदेखि धर्ना सुरु गरेको र उक्त धर्ना १२ बजेसम्म जारी राख्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । । शुक्रवार पनि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश निषेध गर्न भन्दै धर्ना दिइएको थियो । यद्यपी, प्रधानन्यायाधीश जबरा मुल गुट छलेर वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए । बारले आजपनि प्रधानन्यायाधीसलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी धर्ना बस्न लागेको अधिवक्ता शर्माको भनाइ रहेको छ ।
प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने नेपाल बार एसोसिएसनले जनाएको छ ।
प्रधानन्यायाधीश राणाले राम्रोसँग न्यायालय चलाउन नसकेको भन्दै गत कार्तिक १४ गतेबाट कानुन व्यवसायीहरु आन्दोलित रहेका छन् । यद्यपी प्रधानन्यायाधीश राणाले भने आफूले राजीनामा नदिने अडान राख्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया