एमबाप्पेको ४ गोलमा फ्रान्स विश्वकपमा छनोट

लोकपथ
507
Shares

काठमाडौं । फ्रान्सले विश्वकप छनोट अन्तर्गतको खेलमा जित हात पारेसँगै सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाकिस्तानलाई ८-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।

फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिकसहित ४ गोल गरे । खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

Image

खेलको ३२ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा फ्रान्सको अग्रता तेब्बर बनाए । फ्रान्सका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो । ५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ४-० को अग्रता दिलाए ।

५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ५-० ले अघि रह्यो । खेलको ७५ औं मिनेटमा एड्रिन रोबिटले गोल गर्दा फ्रान्स ६-० ले अघि रह्यो । ८४ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई ७-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत चौंथो गोल गर्दै फ्रान्सलाई ८-० को जित दिलाए ।

यस जितसँगै समूह डी को फ्रान्सले ७ खेलमा १५ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । कजाकिस्तान ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?