काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आजपनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै छ ।
बारले बिहान १० बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा धर्ना दिने तयारी गरेको छ । शुक्रबार पनि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश निषेध गर्न भन्दै धर्ना दिइएको थियो ।
यद्यपि, प्रधानन्यायाधीश जबरा मूल गेट छलेर वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए । बारले आज पनि प्रधानन्यायाधीसलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी धर्ना बस्न लागेको हो ।
प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने नेपाल बार एसोसिएसनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया