कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनकेन्द्रित छलफल हुने

लोकपथ
63
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

केन्द्रीय समिति बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गरिने जनाइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमहरुको बारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?