नेपालको कोरोना अपडेट : ४७८ जना कोरोना संक्रमणमुक्त हुँदा थपिए २९५ संक्रमित

लोकपथ
338
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार २४३ जनाको परीक्षणमा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ ।

नेपालमा कोरोनासंक्रमण मुक्त हुनको दर ९७।७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर ७ हजार २७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?