काठमाडौं । झापा काँकडभित्ताबाट राजधानी काठमाडौं भित्रिदै गरेको ना ७ ख २७७६ नम्वरको यात्रुवाहक बसबाट ठूलो परिमाणको औषधि जन्य लागूऔषध सहित एकजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका अनुसार, नियमिमत चेकजाँचका क्रममा बस खानतलासी गर्दा सुनसरी दुहवी नगरपालिका–२ का २३ वर्षीय श्याम साह यति परिमाणको लागूऔषध सहित पक्राउ परेका हुन ।
उनको साथबाट एभिल ५० एम्पुल, लुप्रिजेसिक ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाइजाल्याव ५० एम्पुल गरी जम्मा दुईसय र नाइट्रोवेट ट्यावलेट तीनसय बरामद गरेको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । पक्राउ अभियुक्त साहले नेपाल–भारत सीमानाबाट उक्त लागूऔषध खरिद गरि विक्री वितरण गर्ने योजना अनुरुप काठमाडौं ल्याइ पु¥याएको बयान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया