सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव

लोकपथ
130
Shares
Upendra Yadav

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राखे । उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गरे । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन रु त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ । त्यसमा हामी राजनीति गर्ने राजनीतिककर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन । त्यसकारणले आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन । कहीँ पनि दुनियाँमा यस्तो चलन छैन ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढन नसकिने अडान दोहोर्‍याए । उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?