चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच वार्ता हुँदै

लोकपथ
247
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिए । उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ ।

उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्ने प्रवक्ता हुवा चुनियाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?