भारत नयाँ दिल्लीका कोठी (वेश्यालय) सञ्चालक काठमाडौंबाट पक्राउ

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक अपार्टमेण्टमा कोठी सञ्चालन गरी नेपाली चेलिवेटी वेचविखनमा संलग्न अर्घाखाँची सीतगंगा नगरपालिका–२ बस्ने २६ वर्षीय रमेश खत्रीलाई प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीले राजधानीबाट पक्राउ गरेको छ ।
ब्यूरो प्रहरीका अनुसार, नेपाली युवतीलाई स्वास्थ्य उपचारको वहाना बनाई दिल्लीस्थित अपार्टमेण्टमा पु¥याइ जवरजस्ती देहब्यापारमा संलग्न गराउने गरेका थिए । एक पीडित युवतीलाई दुईवर्षसम्म देहब्यापारमा संलग्न गराइएको थियो ।
पीडित युवतीले हारगुहार माग्दा उल्टै जवरजस्ती देहब्यापारमा संलग्न गराइएको अस्लील फोटो खिचेर भिडियो समेत बनाइ सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरि दिने भन्दै धम्की दिने जस्ता कार्य समेत अभियुक्त खत्रीले गरेको प्रहरीले बताएको छ ।
उनी विरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्धा अन्तरगत कानुनी कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा म्याद थप गरिएको छ । ब्यूरो प्रहरीका अनुसार, खत्रीले विगत १३ वर्षदेखि दिल्लीमा कोठी सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?