गुठी सम्बन्धी कानुन निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर अगाडी बढ्छु : मन्त्री श्रेष्ठ

लोकपथ
195
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छिन् ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोकारवालहरुसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै बैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।

उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने पनि बताइन् ।

छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, यो सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव दिइन् ।
मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलीया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरुसँग यसअघि नै छलफल गरिसकेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?